लाबिम मलले पुल्चोकमा ‘मनसुन उत्सव’ गर्ने
ललितपुरको पुल्चोकस्थित लाबिम मलले ‘लाबिम मल मनसुन उत्सव’ को आयोजना गर्ने भएको छ । उत्सव ४ र ५ भदौमा मलकै प्राङ्गणमा गरिने आयोजकले जनाएको छ ।
उत्सवमा कुटुम्ब, १९७४ एडी र क्याडेञ्जाको लाइभ म्युजिक, मञ्चीन शाक्यको फेशन शो, पवन जोशी र किशोर कायस्थद्वारा फोटो शेसन, नृत्य आँगनको प्रस्तुती कथा वाचन (स्टोरीटेलिङ), कारखानाद्वारा वाल कार्यशाला, द लाष्ट रिसोर्टको विशेष प्रस्तुती–एब्सेलिङ एवम् पायल थापा र सिजी थापाको प्रस्तुती व्युटी शेशन लगायतका कार्यक्रम आयोजना गरिने मलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
लाबिमले यस कार्यक्रम कोकाकोला र रुस्लान हण्ड्रेड पर्सेन्ट प्योर म्युजिकको सहकार्यमा आयोजना गर्न लागेको हो । शपिङका विविध आयाम पस्किनुका साथै मलभित्रै रेष्टुरेन्ट तथा सिनेमा हलको समेत व्यवस्था गरिएको विज्ञप्तिमा जनाइएको छ ।