देशभर छिट्टै लोडसेडिङ् हट्ने ऊर्जामन्त्रीको दाबी
ऊर्जामन्त्री जनार्दन शर्माले नेपालभर केही महिनाभित्रै लोडसेडिङ् पूर्णरूपमा हट्ने दाबी गरेका छन् ।
धुलिखेलमा ‘प्रिज्म इन्टरनेसनल युथ क्याम्प’को समापन कार्यक्रममा बोल्दै मन्त्री शर्माले अब केही समयभित्रै देशैभर लोडसेडिङ् हट्ने दाबी गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री शर्माले आफ्नो नेतृत्वमा व्यवस्थापकीय कार्यलाई सहीसँग अगाडि बढाएकाले लोडसेडिङ् अन्त्य गर्न सफल भएको बताए । ऊर्जामन्त्रीले देशभर लोडसेडिङ अन्त्य गर्न प्राविधिक रूपमा काम भइरहेको जानकारी दिए ।