गोमा एअरले ल्यायो दुई नयाँ विमान
निजी क्षेत्रको विमान कम्पनी गोमा एअरले दुई नयाँ जहाज ल्याएको छ ।
दुर्गमका जिल्लाहरूमा सेवा दिनुको साथै पर्यटनमा टेवा दिने उद्देश्यले रुसी कम्पनीसँग खरिद गरी दुई LET 410 विमान नेपाल भित्र्याएको हो ।
यी दुवै जहाज नेपाली चालकदल र इन्जिनियरिङ्ग दलले रुसवाट मंगोलिया, चीन, भियतनाम, बङ्गलादेश हुँदै नेपाल ल्याएका हुन । दुई नयाँसँगै गोमासँग अब ६ वटा जहाज भएका छन् । छोटो धावन मार्ग प्रयोग गर्ने ६ वटै विमानहरुले काठमाडौँ, पोखरा, र नेपालगन्जबाट नेपाली दुर्गम क्षेत्र र पर्यटकीय गन्तव्यहरुमा सेवा दिने कम्पनीले जनाएको छ ।
गोमा एअरले २०६७ सालमा स्थापना भएर दुई सिङ्गल इन्जिनका Cessna Grand Caravan बाट सुदुरपश्चिम र कर्णाली भेगमा सेवा सञ्चालन शुरु गरेको थियो ।