दश लाखभन्दा माथिको कारोबार नगदमा गर्न नपाइने
सरकारले १० लाखभन्दा माथिको कारोबार गर्दा अनिवार्य रूपमा बैङ्क चेक मार्फत गर्नुपर्ने प्रावधान ल्याएको छ ।
सरकारले नगद कारोबार गर्दा अर्थतन्त्रमा नकारात्मक असर परेको उल्लेख गर्दै १० लाखभन्दा माथिको कारोबार गर्दा नगदमा गर्न नपाइने प्रावधान ल्याएको हो ।
तर, यो प्रावधान आगामी आर्थिक वर्षदेखि मात्रै लागू हुने अर्थमन्त्रालयले जनाएको छ । सरकारको यो प्रावधानसँगै आगामी आर्थिक वर्षदेखि कुनै पनि सङ्घ–संस्था, व्यावसायिक फर्म वा व्यक्तिले पनि १० लाख माथिको कारोबार गर्दा अनिवार्य चेकको प्रयाग गर्नुपर्नेछ । यो प्रावधानले वित्तीय क्षेत्रमा सुधार ल्याउनुको साथै सम्पत्ति शुद्धीकरणमा समेत सघाउ पुग्ने अर्थ मन्त्रालयले जनाएको छ । यसले राजस्व छली नियन्त्रण तथा वित्तीय अपराध नियन्त्रण गर्न सहयोग पु¥याउने अर्थ मन्त्रालयको दाबी रहेको छ ।