४८ किलोग्राम चरेशसहित चारजना पक्राउ
हेटौंडाबाट प्रहरीले ११ फागुन अपराह्न एक भारतीय नम्बरको कारसहित ४८ किलोग्राम चरेश बरामद गरेको छ ।
हेटौंडाबाट बिरगञ्जतर्फ गईरहेको एचआर २१ जे ३९३२ नम्बरको मारुती कारलाई रातामाटेमा जाँच गर्दा उक्त कारको सिटभित्र लुकाई राखेको ९६ पोका चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बसन्तकुमार लामाले बताए ।
कारमा सवार चार जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । कारका चालक भारत हरियाणा राज्यको हिसार जिल्लाका ३७ वर्षीय नरेशकुमार, ५२ वर्षीय भगवान दास, पर्सा वीरगञ्ज–१९ का ३० वर्षीय परमात्मा गोसाई र वीरगञ्ज–१० का ४१ वर्षीय अनिल स्वामी पक्राउ परेका हुन् ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।