शेख कमल अन्तराष्ट्रिय कपः मनाङ ३–१ ले पराजित
बंगलादेशमा जारी शेख कमल अन्तराष्ट्रिय क्लब कपमा लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लब ३–१ गोलले पराजित भएको छ । ११ फागुनमा भएको समूह चरणको दोस्रो खेलमा अफगानिस्तानको सहिन आशमेयी क्लबले मनाङलाई हराएको हो ।
सहिनका कप्तान अमिरुदिन शाफिरीले ह्याट्रिक गरे भने मनाङका विमल बस्नेतले ७३ औं मिनेटमा एक गोल गरे ।
८ फागुनमा भएको पहिलो खेलमा मनाङले ढाका मोहमडन क्लबलाई २–० ले पराजित गरेको थियाे ।