समाचारसोमबार, ९ फाल्गुण , २०७३

निर्वाचनको मिति आजै घोषणा हुन्छ: प्रधानमन्त्री

हिमालखबर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकाय निर्वाचनको मिति आजै घोषणा गर्ने बताएका छन् ।

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)को १३ औँ वार्षिक साधारणसभालाई ९ फागुनमा सम्बोधन गर्दै उनले भने, “संविधान कार्यान्वयनलाई सुनिश्चित गर्न निर्वाचन अनिवार्य रहेको छ ।”

प्रधानमन्त्री प्रचण्डले ठूलो बलिदानीबाट प्राप्त उपलब्धिको रक्षार्थ संविधानलाई सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आगामी कात्तिकमा प्रदेश र केन्द्रको निर्वाचन गर्नका लागि सरकारले तयारी गरिरहेको बताए ।

मुलुकको शिर झुक्ने गरी आफूले कुनै पनि निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आगामी दिनमा मुलुकको समृद्धिका लागि अगाडि बढ्ने वचनबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी र नेकपा(एमाले)का नेता गङ्गालाल तुलाधरले मुलुकमा गुणस्तरीय शिक्षा आवश्यक भएको बताए । रासस

प्रतिकृया दिनुहोस