शेख कमल कपमा मनाङको विजयी शुरुवात
बंगलादेशमा जारी शेख कमल अन्तराष्ट्रिय क्लब कपमा लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दीले विजयी शुरुवात गरेको छ । मनाङले ८ फागुनमा ढाका मोहमडन क्लबलाई २–० ले पराजित गर्दै ३ अंक जोडेको हो ।
समूह ‘बि’ मा रहेको मनाङका लागि ओलावाले आफिज र विशाल राईले गोल गरेका हुन । मनाङकै समूहमा रहेको अफगानिस्तानको सहिन आशमेयी क्लबलाई साविक विजेता चित्तागोङ अबहानीले ३–१ गोल अन्तरले पराजित गर्यो ।
मनाङले १२ फागुनमा सहिनसँग खेल्दैछ ।