समाचारसोमबार, ९ फाल्गुण , २०७३

सरकारी कर्मचारीले अतिरिक्त रकम नलिई काम गर्दैनः अनुगमन टोली

हिमालखबर

सरकारी कर्मचारीमा अतिरिक्त रकम नलिई कुनै पनि काम नगर्ने मनोविज्ञानले गर्दा सेवा प्रवाह जटिल बनेको एक अनुगमनको निश्कर्ष छ । सरकारद्वारा गठित केन्द्रीय अनुगमन र निरीक्षण समितिका टोलीले विभिन्न जिल्लामा विकास आयोजनाको अनुगमन, सेवा प्रवाहको अवस्थाबारे जानकारी गराउँदै उक्त तथ्य सार्वजनिक गरेको हो ।

चिनेको र नचिनेको सेवाग्राहीद्वारा छलफलका क्रममा यस्तो गुनासो अधिक पाइएको पनि टोलीका पदाधिकारीले बताए । कर्मचारीमा कामभन्दा पनि जागिर खाने मानसिकताले विकास आयोजनामा विनियोजन गरिएको रकम खर्च नहुने समस्यामा वृद्धि भएको पाइएको छ ।

कर्मचारीमा ऐन, कानुनभन्दा पनि कार्य सम्पादन गर्दा सेवाग्राहीलाई दुःख दिने र अतिरिक्त रकम लिने चलनले सेवा प्रवाह स्वच्छ हुन सकेको छैन ।

जनकपुरधाम ८ फागुनमा आयोजित धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली जिल्लाका विकास आयोजना र सरकारी कार्यालयका प्रमुखसँग छलफलका क्रममा प्रधानमन्त्री कार्यालय सचिव टङ्कमणि आचार्यले विकास योजनामा रकम विनियोजन गरिएको तर रकम खर्च हुन नसकेको अवस्था चिन्ताजनक रहेको बताए । रासस

प्रतिकृया दिनुहोस