पत्रकार महासङ्घ पश्चिम क्षेत्रका शाखाहरुमा नयाँ समिति
नेपाल पत्रकार महासंघको पश्चिम क्षेत्रका जिल्ला शाखाको अधिवेशन ३ फागुनमा सम्पन भएको छ भने नयाँ कार्यसमिति गठन भएका छन् ।
म्याग्दीः नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा तारानाथ शर्मा निर्वाचित भएका छन । शाखाको बेनीमा सम्पन्न अधिवेशनले शर्माको नेतृत्वमा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा ठाकुरप्रसाद आचार्य, रुद्रकुमारी खत्री ९मालती०, सचिवमा गोरखनाथ सुवेदी, कोषाध्यक्षमा हरिकृष्ण गौतम, सहसचिवमा कमल खत्री र गोपाल छन्त्याल निर्वाचित भएका छन ।
त्यस्तै, सदस्यहरुमा सुदर्शनकुमार श्रेष्ठ, प्रताप बानियाँ, पदम विश्वकर्मा, अमित विश्वकर्मा, आशिका मल्ल, सावीत्रा सुवेदी र दिनेश फगामी चयन भएका छन् ।
केन्द्रीय पार्षदमा सुरत केसी, प्रकाश पौडेल, सवी बानिया, धु्रवसागर शर्मा र देवीप्रसाद शर्मा तथा प्रदेश पार्षदमा सन्तोष गौतम, घनश्याम खड्का, निर्मल खत्री, रामचन्द्र गौतम, प्रमोद शर्मा, गीता मिजार र कमल बानियाँ चयन भएका छन् ।
गुल्मीः गुल्मी शाखाको अधिवेशनले नवराज भुसाललाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
पन्ध्रसदस्यीय समितिको उपाध्यक्षमा अनिल खत्री, सीता भण्डारी, सचिवमा टोपलाल अर्याल, सहसचिवमा घनश्याम खरेल, नारायण मरासिनी र कोषाध्यक्षमा तेजेन्द्रकुमार श्रेष्ठ रहेका छन ।
त्यस्तै, सदस्यहरुमा रेशम कुँवर, राजेन्द्र पन्थी, रामकृष्ण कँडेल, धनकुमारी नेपाली, कौरव खत्री, छवि पाण्डे र दधिराम खनाल रहेका छन् । केन्द्रीय सभासद्मा घनश्याम गौतम, हरिकुमार श्रेष्ठ, जनार्दन घिमिरे, कमल पौडेल, गगनशिला खड्का, हरि पोखरेल र प्रेम सुनार चुनिएका छन् ।
प्रादेशिक सभासद्मा ज्ञानबहादुर महतरा, तिलक महत, हेमलाल भण्डारी, सञ्जीवनी अर्याल, अर्जुन भण्डारी, ताराप्रसाद भुसाल, मदन पौडेल र गणेश सारु निर्विरोध निर्वाचित भएको केन्द्रीय प्रतिनिधि सुरज आचार्यले बताए ।
गोरखाः त्यस्तै गोरखाको अध्यक्षमा किशोरजङ्ग थापा सर्वसम्मत चयन भएका छन ।
उपाध्यक्ष खुल्लामा दीपक श्रेष्ठ र महिला उपाध्यक्षमा अनुपमा खनाल चयन भएका छन । सचिवमा नरहरि सापकोटा चयन हुनुभयो भने सहसचिव खुल्लातर्फ गुणराज रोका र समावेशीतर्फबाट रेणु श्रेष्ठ, कोषाध्यक्षमा हरिराम उप्रेती चयन भएको निवर्तमान अध्यक्ष भीमलाल श्रेष्ठले जानकारी दिए । सदस्यमा सन्तोष अधिकारी, करिष्मा केसी, विकास मरहट्ठा, बिमल श्रेष्ठ, चाँदनी श्रेष्ठ, दानबहादुर गुरुङ र उद्धव कुमाल सर्वसम्मत चयन भएका छन ।
केन्द्रीय पार्षदमा निवर्तमान अध्यक्ष भीमलाल श्रेष्ठ, सुदीप कैनी, आत्माराम श्रेष्ठ र राजेन्द्र न्यौपाने, प्रदेश पार्षदमा प्रशन्न पोखरेल, अञ्जनबाबु खत्री, सङ्गम तिवारी र सुरेन्द्र देवकोटा सर्वसम्मत चयन हुनुभएको अधिवेशनका लागि खटिएका केन्द्रीय प्रतिनिधि रमेश बिष्टले बताए ।