क्यानभास अल्ट्रा एमवान बजारमा
माईक्रोम्याक्सले क्यानभास अल्ट्रा एमवान स्मार्टफोन बजारमा ल्याएको छ । अक्टा–कोर प्रोसेसरमा चल्ने यो फोनमा ३ जिबीको र्याम तथा ३२ जिबीको रोम छ ।
एन्ड्रोयडको मार्शमाल्लो अपरेटिंग सिस्टममा चल्ने यो स्मार्टफोनमा ५.५ इन्चको एफएचडि डिस्प्ले, ४००० एमएएचको ब्याट्री, १३ एमपीको रियर र ५ एमपीको फ्रन्ट सेल्फी क्यामरा छ ।
ड्युल र हाईब्रिड सिम स्लट भएको क्यानभास अल्ट्रा एमवानले थ्रीजी र फोरजी भोल्ट नेटवर्कलाई पनि सर्पोट गर्दछ । यसको बजार मुल्य रु. २२ हजार ८९९ छ ।