चैतमा घरजग्गा मेला हुने
नेपाल जग्गा तथा आवास विकास संघले आगामी चैतमा काठमाडौंमा छैठौं घरजग्गा मेला आयोजना गर्दैछ । २५ चैतबाट शुरु हुने चारदिने मेलामा स्वदेशी तथा विदेशी गरी १२० भन्दा बढी स्टल रहने आयोजकले जानकारी दिएको छ ।
मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्ट, ब्याङ्क तथा बीमा कम्पनीहरू सहभागी हुने मेला आयोजक समितिका संयोजक विपिन चित्रकारले जानकारी दिए ।
संयोजक चित्रकारका अनुसार विद्युतीय सामग्री, फर्निचर, पाईप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजावट सामग्री, वास्तुकला जस्ता व्यावसायीहरुले उत्पादन सामग्रीसँगै परामर्श सेवा उपलब्ध गराउने छन् ।
मेला घरजग्गा कारोबारलाई सरल, सुलभ तथा व्यवस्थित बनाउन उपयोगी हुने आयोजक समितिका उपसंयोजक लक्ष्मीप्रसाद प्रसाईले जानकारी दिए । यसपटक मेलामा किनबेच भन्दा पनि नीतिगत विषयलाई महत्व दिइएको उनले बताए ।
सांसद समेत रहेका संघका अध्यक्ष इच्छाराज तामाङले ब्याङ्कहरुले घरजग्गा व्यावसायमा लगानी नगर्ने निर्णय सच्याउनु पर्ने बताए । व्यावसायीलाई नदिए पनि खरिदकर्तालाई घरजग्गा कर्जा दिनुपर्नेमा उनको जोड थियो ।
तस्वीर:गाेपन राई