भिबोरका सिईओ खनाल सम्मानित
नेपाल व्यवस्थापन संघले भिबोर सोसाईटी डेभलपमेन्ट ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत (सिईओ) झलकप्रसाद खनाललाई ‘म्यानेजर टु वाच, २०१६’ प्रदान गरेको छ । संघको ३६ औं साधारणसभाले प्रतिकूल परिस्थितिका वावजुद ब्याङ्कको कुशल व्यवस्थापन गरेको भन्दै खनाललाई यो सम्मान प्रदान गरेको हो । सम्मान प्रधानमन्त्री पुष्पकमल दाहालले वितरण गरे ।
सिईओ खनाल यसअघि युरोप विजनेस एसम्बली, अक्सफोर्ड लण्डनबाट पनि सम्मानि भएका थिए ।