हिमाल रेमिटमार्फत जापानबाट पनि पैसा पठाउन सकिने
हिमालयन बैंक लिमिटेड र जापानको रेमिट्यान्स कम्पनी एन एण्ड पी १००४ कं.लि.(क्युएस रेमिट)बीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । जापानको टोकियो सहरमा अगष्ट ६ र ७ मा सम्पन्न भएको नेपाल फेस्टिभल २०१६मा बैंकले क्युएस रेमिटमार्फत जापानबाट रेमिट्यान्स कारोबार शुभारम्भ गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
क्युएस रेमिटमार्फत नेपाल आउने विप्रेषण हिमालयन बैंकको ४२ वटै शाखा तथा सात हजार पाँच सयभन्दा बढी हिमालरेमिट काउन्टरबाट सजिलै भुक्तानी लिन सकिने छ । सम्झौताबाट जापानमा कार्यरत करिब ६० हजार नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउने बैंकको विश्वास छ ।
हिमालरेमिट बैकको आफ्नै अनलाइन रेमिट्यान्स सेवा हो जसको विश्वभरि ९० भन्दा बढी अन्तराष्ट्रिय व्यावसायिक साझेदारहरु रहेका छन् । फेस्टिभलमा बैंकका तर्पmबाट युमा श्रेष्ठ तथा क्युएस रेमिट तर्पmबाट कम्पनी अध्यक्ष केनेसिरो मारी, रिसेन्द्र गिरी (म्यानेजिङ्ग डाइरेक्टर), मिनसियो पार्क (कार्यकारी संचालन अधिकृत) र रिधिन्द्र गिरी (डाइरेक्टर) उपस्थित थिए ।