आर्मी र संकटा उपाधिका लागि भिड्ने
हिमालयन शेर्पा क्लबलाई हराउँदै त्रिभूवन आर्मी क्लब सिमरामा जारी आठौं सिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।
बाराको सिमरा रंगशालामा २७ माघमा भएको दोस्रो सेमिफाईनल खेलमा शेर्पाविरुद्ध २–१ को जित निकाल्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । आर्मीका लागि टंक बस्नेतले एक गोल गरेका थिए भने एउटा आत्मघाती गोल भएको थियो । शेर्पाका लागि हेमन गुरुङले एक गोल गरे ।
उपाधिका लागि आर्मी २९ माघमा सिएमजी संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । साविक बिजेता बिजय युथ क्लबलाई पराजित गर्दैै संकटा फाईनलमा प्रवेश गरेको थियो ।
आजको खेलमा हिमालयन शेर्पा क्बलका गोलरक्षक किशोर गिरी म्यान अफ द म्याच भए ।
श्याम गुप्ता, बारा