सिद्धार्थ ब्याङ्कको ईएमभि कार्ड
सिद्धार्थ ब्याङ्कले ईएमभि चीप कार्ड सञ्चालनमा ल्याएको छ । ब्याङ्कले डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई स्तरोन्नति गरी ईएमभि चीप कार्ड सञ्चालनमा ल्याएको हो । यसले म्याग्नेटि स्ट्राईप कार्डहरूलाई प्रतिस्थापन गर्ने भएको छ ।
कार्डले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने र विद्युतीय कारोबारलाई थप सरल र सुरक्षित बनाउनेमा विश्वस्त रहेको ब्याङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।