आर्मी सिमरा कपको सेमिफाइनलमा
त्रिभुवन आर्मी क्लब रुस्लान सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा २५ माघमा आर्मीले वीरगञ्ज युनाईटेडलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।
आर्मीका लागि १६ औं मिनेटमा बालकृष्ण श्रेष्ठ, पहिलो हाफको इन्जुरी टाइममा सन्तोष तामाङ र ५५ औं मिनेटमा दीपक गुरुङले गोल गरे । म्यान अफ दि म्याच घोषित आर्मीका सन्तोष तामाङले रु. पाँच हजार पुरस्कार प्राप्त गरे । हिमालयन शेर्पा र सरस्वती युथ क्लब यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।
तस्वीर: श्याम गुप्ता