मनाङ मर्स्याङ्दीले जित्यो झापा गोल्ड कप
आयोजक झापा–११ लाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लबले झापा गोल्ड कपको उपाधि जितेको छ। २४ माघमा भएको फाइनलमा मनाङले झापा–११ लाई १–० ले पराजित गरेको हो ।
खेलको ६३ औं मिनेटमा ओलावा अफिजले गरेको गोलले मनाङले उपाधि जितेको हो । मनाङले रु. सात लाख नगद सहित ट्रफी जितेको छ । उपविजेता झापा–११ ले रु. ३ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।