डाबर च्यवनप्राश च्याम्पका विजेता घोषित
डाबर च्यवनप्राशले जाडो मौसमलाई लक्षित गरेर प्रस्तुत गरेको काठमाडौँ उपत्यकाव्यापी डाबर च्यवनप्राश स्कुल इम्युनो च्याम्प २०१६ कार्यक्रम समापन भएको छ । काठमाडौँ पूर्व र भक्तपुरबाट ग्यालेक्सी पब्लिक स्कुल र रिलायन्स इन्टरनेशनल एकेडेमी, काठमाडौँ पश्चिमबाट नेपाल एपिएफ स्कुल र होली भिजन स्कुल तथा ललितपुरबाट डिएभि सुशील केडिया विश्व भारती स्कुल र प्रिमियर इन्टरनेशनल स्कुल विजेता घोषित गर्दै कार्य क्रम समापन भएको हो ।
विजयी स्कुललाई डाबर नेपाल तथा वयोधा अस्पतालका प्रतिनिधिहरूले उपहार प्रदान गरेका थिए । कार्यक्रम सञ्चालन भएका विद्यालयहरूबाट न्याना प्रयोग गर्न सकिने लुगाहरू सङ्कलन गरी डाबर च्यवनप्राशले सोही बराबरको नयाँ लुगा थप गरी सिएनएन सुपर हिरो पुष्पा बस्नेतलाई हस्तान्तरण गरेको थियो । डाबर नेपाल प्रालिका बजार–व्यवस्थापन प्रमुख अभयप्रसाद गोर्खालीले कार्यक्रम अन्तर्गत १३ हजारभन्दा बढी विद्यार्थीसँग अन्तरक्रिया भएको जानकारी दिए ।
शरीरको आन्तरिक शक्ति, स्वास्थ्यकबद्र्धक खानेकुरा र विशेष गरी बालबालिकामा जाडो याममा आन्तरिक शक्तिको कमी आउने विषयमा सूचना तथा ज्ञान दिने हेतुले डाबर च्यवनप्राशले ३१ विद्यालय एक महिना लामो कार्यक्रम सञ्चालन गरेको थियो ।