माईक्रोम्याक्सको क्यू–४६५ स्मार्टफोन बजारमा
माइक्रोम्याक्सले ५.१ इन्च एचडी डिस्प्ले सहितको क्यू–४६५ (क्यानभास युनाइट ४ प्रो) स्मार्टफोन बजारमा ल्याएको छ । यसमा दुई जिबी र्याम र १६ जिबी रोम, १.३ गिगाहर्जको क्वाड–कोर प्रोसेसर छ । क्यू–४६५ मा ३९०० एमएएच ब्याट्री, ८ मोगापिक्जेलको हाई–रिजुलेसन अटोफोकस रियर क्यामरा र ५ मेगा पिक्जेलको फ्रन्ट क्यामरा छ ।
एन्ड्रोयडको ललीपप ५.१ अपरेटिंग सिस्टममा सञ्चालन हुने यो स्मार्टफोनमा ३२ जिबीसम्मको एसडी कार्ड प्रयोग गर्न सकिन्छ । थ्रीजी र फोरजी नेटवर्क सर्पोट गर्ने क्यू–४६५ मा वाईफाई, ब्लूटूथ लगायतका कनेक्टिभी सुविधा पनि छन् ।
माइक्रोम्याक्सको यो स्मार्टफोनको अर्को विशेषता भनेको यसको पछाडिको भागमा रहेको फिंगरप्रिन्ट सेन्सर हो । त्यसैगरी माइक्रोम्याक्स क्यानभास यूनाइट फोर प्रो स्मार्टफोनको खरिदमा प्रत्येक ग्राहकले एंकर ब्राण्डको ३३५० एमएएचको पावर ब्यांक निशुल्क प्राप्त गन कम्पनीद्वारा जारी विज्ञप्तिमा छ ।
क्यू–४६५ को मूल्य रु. १६ हजार २३६ निर्धारण गरिएको छ ।