एमएडब्लुले ल्यायो ‘नयाँ स्कोडा र्यापिड’
एमएडब्लु इन्टरप्राइजेजले स्कोडा र्यापिडको फेसलिफ्ट बजारमा ल्याएको छ । स्कोडाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडा र्यापिड १६ सय सीसीको पेट्रोल इन्जिन र १५ सय सीसीको डिजेल इन्जिनमा उपलब्ध गराएको हो ।
एक्टिभ, एम्बिसन र स्टाइल भेरियन्टका यी गाडीहरू ब्रिलियन्ट सिल्भर, क्यान्डी ह्वाइट, क्यापिचिनो बिग, कार्बन स्टिल, सिल्क ब्लु र फ्ल्यास रेडमा उपलब्ध छन् ।
एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले नयाँ स्कोडा र्यापिडले गर्दा सेडान सेग्मेन्टमा आफ्नो कम्पनीको अग्रताले निरन्तरता पाउने बताए । “नयाँ स्कोडा र्यापिडफेमिली कार हो जुन सहरी यात्राका लागि कम्प्याक्ट छ र लामो यात्राका लागि आरामदायी र स्पेसियस छ,’ एमएडब्लुका प्रमुख महाप्रबन्धक सुरज मानन्धरले भने, “परिस्कृत पफर्मेन्स, इमोसनल डिजाइन, क्लास लिडिंग सुरक्षा व्यवस्था र सिम्प्ली क्लेभर सोलुसन नयाँ र्यापिडका विशेषताहरु हुन् ।”
क्रिस्टलाइन डिजाइन, बेजोड पर्फर्मेन्स र ‘सिम्प्ली क्लेभर’ सोलुसनयुक्त नयाँ स्कोडा र्यापिडका विशेषताहरूः
– शार्प एंगल र कर्भ र क्रिस्टलाइन डिजाइन
– नयाँ क्वार्ज–कट प्रोजेक्टर लेन्स हेडलाइट र एलईडी डे रनिङ लाइट
– ड्युअल–टोन इबोनी–स्यान्ड इन्टेरियर
– साढे ६ इन्च लामो टच स्क्रिन र मिरलिंक टेक्नोलोजीजडित नयाँ ‘ड्राइभ’ सेन्ट्रल इन्फोटेनमेन्ट सिस्टम
– इलेक्ट्रिकल्ली फोल्डेबल साइड मिरर
– क्लाइट्रोनिक टेक्नोलोजी र रेन सेन्सिङ वाइपर, क्रुज कन्ट्रोल
– ड्युअल एयरब्याग, एबीएस, इएससी र हिल होल्ड कन्ट्रोल
– ४६० लिटरको बुट स्पेस