अर्जुन तेक्वान्दो डोजाङमा प्रशिक्षण
अर्जुन तेक्वान्दो डोजाङ एण्ड फिटनेस क्लबका खेलाडी र हङकङका राष्ट्रिय तेक्वान्दो टोलीबीच सयुक्त प्रशिक्षण सम्पन्न भएको छ । नक्सालस्थित अर्जुन तेक्वान्दो डोजाङका खेलाडीलाई हङकङ तेक्वान्दो राष्ट्रिय टिमका मुख्य प्रशिक्षक तुल्सी गुरुङले प्रशिक्षण दिएका हुन । एक दिने प्रशिक्षण कार्यक्रममा डोजाङका ४५ खेलाडी सहभागी थिए ।
हङकङ टिमका मुख्य प्रशिक्षक तुल्सी गुरुङको नेतृत्वमा प्रशिक्षण र मैत्रिपुर्ण खेलका लागि तीन पुरुष र चार महिला गरी ७ खेलाडी नेपाल आएका छन् । हङकङ टोलीले अर्जुन तेक्वान्दो डोजाङका खेलाडीलाई खेलस्तर विकासका लागि पुम्से र ग्यरोगीतर्फको कलात्मक प्रशिक्षण गराएको अर्जुन फिटनेस क्लबका जिएम तीर्थराज घिमिरेले बताए ।