फियाट्को ‘गेट मोर विथ पुन्टो प्युअर’ योजना
नेपालका लागि फियाट्को आधिकारिक विक्रेता लाइफ अटोमोबाइल प्रालिले ‘गेट मोर विथ पुन्टो प्युअर’ योजना ल्याएको छ । बेस्ट–इन–क्लास युरोपियन ह्याचब्याक पुन्टो प्युअरका खरिदकर्ताले विशेष नगद छुट, एक वर्षको लागि गाडीको विमा, एक वर्षको सवारी कर, निःशुल्क एसोसरिज, रिभर्स क्यामेरा, आठ पटक निःशुल्क सर्भिसिङ, एक्सचेन्ज बोनस र लोयाल्टी बोनस लगायतका सुविधा पाउने कम्पनीले जनाएको छ ।
पुन्टो प्युअर १२ सय सीसीको इन्ट्रिलेभर कार हो । युरोपियन विल्ड, फोर सिलिन्डर, स्पेसियस इन्टेरियर र क्लास लिडिङ ग्राउन्ड क्लेरेन्स यसका विशेषताहरु हुन् । पुन्टो प्युअर एक्जोटिक रेड, हिपहप ब्ल्याक र सेतो रंगमा उपलब्ध छन् ।
दुई सय ८० लिटर बुट भएको पुन्टो प्युअरको ग्राउन्ड क्लेरेन्स एक सय ९५ सीसी छ । पुन्टो प्युअरको मूल्य २२ लाख ८९ हजार रुपैयाँ छ ।