अर्थ/बजार सोमबार, माघ १०, २०७३

समावेशी आर्थिक विकासका लागि आर्थिक विकेन्द्रिकरण

हिमालखबर

समावेशी आर्थिक विकासका लागि नीतिगत सुधार एवम् सहरकेन्द्रित आर्थिक गतिविधिलाई विकेन्द्रित गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल आर्थिक पत्रकार समाज९सेजन० र एसियाली विकास बैंकले संयुक्तरुपमा आयोजना गरेको छलफल कार्यक्रमका वक्ताले आर्थिक तथा सामाजिक असमानतालाई कम गर्न स्रोत परिचालनमा ध्यान दिनुपर्ने बताएका हुन् ।

समावेशीताका लागि राज्यले सामाजिक सुरक्षाका क्षेत्रमा ठूलो लगानी गरेपनि त्यसलाई व्यवस्थित बनाउन नसक्दा अपेक्षित नतिजा आउन नसकेको भन्दै उनीहरुले त्यसका लागि कार्यान्वनको पाटोमा राज्यको ध्यान पुग्नुपर्ने धारणा व्यक्त गरे ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकभित्र रोजगारीको अवसर खोजीरहेका युवालाई सम्बोधन गर्दै विकासका योजना ल्याउनुपर्ने बताए । उनले शहर केन्द्रित नीतिलाई विकेन्द्रित गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा स्वर्णीम वाग्लेले मुुलुकको आम्दानीबाट ठूला विकासका पूर्वाधार अघि बढाउन सक्ने अवस्था नभएकाले पूँजी निर्माणको पाटोलाई केन्द्रित गरेर अगाडि बढ्नुपर्ने बताए । उनले विकासलाई प्रवद्र्धन गर्ने नीतिबाट मात्रै समृद्धिको बाटो पहिल्याउन सकिने धारणा व्यक्त गरे ।

अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले आर्थिक वृद्धिदर कम भएपनि गरिबी घटीरहेको उल्लेख गर्दै समावेशी आर्थिक विकासका नीतिगत एवम् संरचनागत सुधार गर्नुपर्नेमा जोड दिए ।

पूर्व सचिव रामेश्वर खनालले समावेशी आर्थिक विकासका लागि सबैभन्दा पहिला उत्पादनमा विशेष जोड दिनुपर्ने र त्यसका लागि उत्पादनमुखी नीति अबलम्बन गर्नुपर्ने बताए ।

एसियाली विकास बैंक९एडिबी०का देशीय निर्देशक किनीचि योकोयामाले समावेशी आर्थिक विकासलाई अगाडि बढाउन ग्रामीण क्षेत्रमा पूर्वाधार विकासको पहुँच पु¥याउन र सवलीकरणलाई ध्यान दिनुपर्ने बताए ।

अर्थशास्त्री बिना प्रधानले घरायसी गतिविधिलाई अर्थतन्त्रमा जोड्न सके अर्थतन्त्रमा महिलालले पु¥याएको योगदानको कदर हुने बताइन । सेजनका अध्यक्ष गोकर्ण अवस्थीले पछिल्लो समयमा ठूला योजना सम्पन्न हुने क्रममा रहेकाले आर्थिक समृद्धिमा सकारात्मक वातावरण सिर्जना गरेको बताए । रासस

प्रतिकृया दिनुहोस