आईएमईको बोनस योजना
रेमिटेन्स कम्पनी आईएमईले आफ्ना ग्राहकका लागि बोनस तथा ग्राहक योजना ल्याएको छ । योजना अन्तर्गत ग्राहकले कस्टुमर कार्ड प्रयोग गरी गरिएका अन्तराष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन अनुसार बोनस अंक प्राप्त गर्छन् । त्यो बोनस अंकको आधारमा पेन ड्राइभ, ब्याग, डीस होम र मोबाईल सेट जस्ता उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
बोनस अंक नलिएको अवस्थामा भने प्रत्येक दोस्रो कारोबारको सेवा शुल्कमा ५ प्रतिशत छुट सुविधा पाईने आईएमईद्वारा विज्ञप्तिमा उल्लेख छ । १ माघदेखि शुरु भएको योजना आगामी असारसम्म लागु हुनेछ ।