अष्ट्रेलियन शैक्षिक मेला लाग्दै
अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरेर १० माघमा अष्ट्रेलियन एडुकेसन एक्जिविसन हुने भएको छ । एक दिने एक्जिविसन दरबारमार्गस्थित होटल याक एण्ड यतिमा हुन लागेको आयोजक ग्लोबल रिचले जनाएको छ ।
आयोजकका अनुसार मेलामा अष्ट्रेलियाका २८ युनिभर्सिटिहरुको सहभागिता रहने छन् । ११ माघमा चितवन र १२ माघमा पोखरा मेला लाग्ने ग्लोबल रिचद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।