काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा पुन: माकजू
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा रामकण्ठ माकजू पुन: नियुक्त भएका छन् ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले माकजूलाई नियुक्त गरेका हुन् ।
यसअघि केयूको उपकुलपतिका रुपमा चार वर्षे कार्यकाल पूरा गरेका माकजुको पदावधि २६ मंसीरमा सकिएको थियो ।
विश्वविद्यालय ऐनमा एकजनाको नाममात्र सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि शिक्षामन्त्री धनीराम पौडेल संयोजक रहेको तीन सदस्यीय सिफारिस समितिले अन्य चारजनासहित मकाजुको नाम सिफारिस गरेको थियो ।
मकाजु उपकुलपति हुँदा केयूबाट मापदण्ड नपुगेका मेडिकल कलेजलाई सम्बन्धन दिएको, प्रवेश परीक्षामा अख्तियारको हस्तक्षेप निम्त्याएको लगायतका विवादमा परेका थिए