थप समाचार विहीबार, माघ ६, २०७३

न्यायाधीश नियुक्तिमा कारण देखाऊ आदेश

हिमालखबर

सर्वोच्च अदालतले उच्च अदालतका ८० न्यायाधीशको नियुक्तिका सम्बन्धमा परेको मुद्दामा आज न्याय परिषद्लाई कारण देखाउ आदेश जारी गरेको छ । 

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले परिषद्लाई ती न्यायाधीशको नियुक्तिका सम्बन्धमा अन्तरिम आदेश दिन नपर्ने भने पनि नियुक्तिको कारण देखाउन आदेश दिएको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । 

मुद्दालाई अग्राधिकार दिई पेस गर्न परिषद्लाई आदेशसमेत दिइएको छ ।

बुधबार अधिवक्ताद्वय तोयनाथ ढुङ्गाना र प्रकाशकुमार काफ्लेले उच्च अदालतमा नियुक्त भएका न्यायाधीश समावेशी नभएको जिकिर गर्दै अन्तरिम आदेश माग गरी रिट निवेदन दर्ता गराएका थिए ।

परिषद्को २८  पुसको बैठकले सात उच्च अदालतका न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
रासस 

प्रतिकृया दिनुहोस