नेपाल ब्याङ्कले हकप्रद शेयर निष्काशन गर्ने
नेपाल ब्याङ्क लिमिटेडले आफ्ना शेयर धनीहरुका लागि प्रति १०० कित्ता शेयर बराबर २३ दशमलब ७४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । ब्याङ्कको ५६ औँ वार्षिक साधारण सभाबाट पारित भएबमोजिम शेयर निश्काशन गर्नका लागि ५ माघमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सम्झौतामा ब्याङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र सिभिल क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरेका छन् ।
ब्याङ्कले एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर जारी भएपछि बैंकको कुल चुक्ता पुँजी रु आठ अर्ब चार करोड पुग्नेछ ।