हात्ती नियन्त्रणको माग गर्दै माडीमा यातायात बन्द
दक्षिण चितवनको माडीमा वन्यजन्तुको आक्रमण नियन्त्रणको माग गर्दै स्थानीयले यातायात बन्द गरेका छन् ।
इलाका प्रहरी कार्यालय माडीका अनुसार चितवन राष्ट्रिय निकुञ्जका जङ्गली जनावर बस्तीमा पसेर जनधनमा क्षति पुर्याइरहेको भन्दै स्थानीयले वन्यजन्तु नियन्त्रणको मागसहित यातायात बन्द गरेका हुन् ।
हिजोमात्रै चितवन निकुञ्जबाट बस्तीमा पसेको हात्तीको आक्रमणबाट माडी नगरपालिका–११ खरकट्ठाका १३ वर्षीय सागर सुनारको मृत्यु भएको थियो । सोही घटनाको विषयलाई लिएर खरकठ्ठा चोकमा प्रदर्शन गर्दै स्थानीयले यातायात बन्द गरेका हुन् ।
रासस