भक्तपुरको तलेजु मन्दिर परिषरमा आगलागी
भक्तपुर तलेजु मन्दिर परिषरमा आज, २७ दिउँसो आगलागी भएको छ ।
विश्व सम्पदा सूचीमा रहेको उक्त मन्दिरको जहुँ चोक र जिस्वँचोकस्थित सुवाल घरमा आगलागी हुँदा दाउरा, दलिन, काठको र्याक र भाँडा जलेको सुवाल घरका नाइके पूण्यराम सुवालले जानकारी दिए ।
मन्दिरको दक्षिणतर्फ रहेको सुवाल घरमा दिउँसो अचानक आगलागी भएपछि नेपाली सेना , नेपाल प्रहरी र जुद्ध वारुण यन्त्र भक्तपुरको टोलीले आगो नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिषर् भक्तपुरका प्रहरी निरीक्षक दिलबहादुर सुवेदीले बताए ।
तलेजुलाई बिहान भोग चढाउन प्रसाद पकाउनका लागि प्रयोग हुने दुईतले सुवाल घरमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।