जङ्गली हात्तीको आक्रमणबाट पर्यटकको मृत्यु
चितवनको सौराहामा आज जङ्गली हात्तीको आक्रमणबाट एक पर्यटकको मृत्यु भएको छ ।
सौराहास्थित हात्ती प्रजनन् केन्द्रको अवलोकनका लागि परिवारसहित पुगेकी भारत गुजरातकी २२ वर्षीया स्नेहा कानपाराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
हात्ती प्रजनन् केन्द्रमा घुम्ने क्रममा एक्कासी आइपुगेको जङ्गली हात्तीले बिहान साढे दश बजे आक्रमण गरी घाइते भएकी उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
रासस