डाबर नेपालद्वारा न्यानो लुगा हस्तान्तरण
डाबर च्यवनप्राशको उत्पादक तथा बजार–व्यवस्थापन कम्पनी डाबर च्यवनप्राशले अर्लि चाइल्डहुड डेभलप्मेन्ट सेन्टरलाई न्यानोमा लगाउने लुगा हस्तान्तरण गरेको छ । डाबर नेपालका बजार–व्यवस्थापन प्रमुख अभयप्रसाद गोर्खालीले सेन्टरकी अध्यक्ष तथा सिएनएन सुपर हिरो पुष्पा बस्नेतलाई एक कार्यक्रमका बीच लुगा हस्तान्तरण गरेका हुन ।
डाबर नेपालको स्प्रेड द वाम्र्थ अभियान अन्तर्गत विभिन्न विद्यालयहरूबाट लुगाहरू सङ्कलन पनि गरेको थियो । सङ्कलित लुगाहरूको सङ्ख्या बराबर नै डाबर नेपालले थप नयाँ न्यानो लुगा थपेर बस्नेतलाई उपलब्ध गराइएको हो ।
जाडो मौसमलाई लक्षित गरेर डाबर नेपालले काठमाडौँका ३१ वटा विद्यालयहरूमा ‘स्कुल इम्युनो च्याम्प २०१६’ कार्यक्रम सञ्चालन गरेको थियो । यो अभियानबाट डाबर च्यवनप्राशले शरीरको आन्तरिक शक्तिका बारेमा र स्वच्छ तथा सन्तुलित खानेकुरा, तातो पानी, सरसफाइमा ध्यान दिनुका साथै न्यानो लुगा लगाउनुपर्ने सन्देश विद्यालयहरूमा पु¥याइएको थियो ।