झापालाई फाल्गुनन्द गोल्डकपको उपाधि
पाँचथरको फिदिममा २५ पुसमा सम्पन्न आठौं टुबोर्ग फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि बिर्ता युनाइटेट क्लव, झापाले जितेको छ ।
फिदिम उच्च माविको खेल मैदानमा भएको फाइनल खेलमा प्रतिस्पर्धी कर्णसिंह सोनाम स्मृति क्लब, ताप्लेजुङलाई २–१ गोल अन्तरले पराजित गर्दै झापाले उपाधी जितेको हो ।
मध्यान्तरसम्म गोलरहित बराबरीमा रहेको खेलमा ६७औं मिनेटमा झापाका तर्फबाट योगेश गुरुङले गोल गर्दै अग्रता दिएका थिए । ताप्लेजुङका राजेन धिमालले खेललाई बराबरीमा लिएपनि थप गरिएको १०औं मिनेटमा झापाका बुद्व चेम्जोङले गोल गर्दै उपाधि जिताएका हुन ।
राष्ट्रिय विभुती फाल्गुनन्द लिङदेनको स्मृतिमा २०६४ देखि प्रतियोगिता आयोजना हुदै आएको छ ।
लक्ष्मी गौतम, पाँचथर