मोटरसाइकलबाटै रु ६ लाख लुटियो
भक्तपुरको कौशलटारस्थित एनआइसी एसिया बैंकबाट झिकिएको रु ६ लाख आज गठ्ठाघरबाट लुटिएको छ ।
काभ्रे पाँचखाल घर भई भक्तपुर बालकुमारी बस्ने मन्दिरा अधिकारीले बैंकबाट रकम झिकेर गठ्ठाघर पुगेलगत्तै मोटरसाइकलमा आएका व्यक्तिले रकम लुटेर फरार भएका हुन् ।
“बैंकबाट रकम झिकेर स्कुटरमा गठ्ठाघरस्थित सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्थामा जाँदै थिएँ, सहकारी अगाडि स्कुटर रोकेर ब्याग बोक्न खोज्दा मोटरसाइकलमा आएका दुई जनाले ब्याग लुटेर भागे ।”
अनुसन्धानका क्रममा बा ७९ प अल्फाबेट भएको नं खुल्न नसकेको कालो रातो रङको मोटरसाइकलमा आएका लुटेराले रकम लुटेर सागबारीतर्फ फरार भएको प्रहरीले जनाएको छ ।
रासस