फाल्गुनन्द गोल्डकपः ताप्लेजुङ फाइनमा
पाँचथरको फिदिममा जारी आठौ टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत २२ पुसमा सम्पन्न अन्तिम सेमी फाइनल खेलमा विजय हासिल गर्दै कर्णसिंह सोनाम स्मृति क्लव ताप्लेजुङ फाइनलमा प्रवेश गरेको छ ।
साविक विजेता कर्णसिंह सोनाम प्रतिस्पर्धी एलेभेन एरोज फुटवल क्लव सुनसरीलाई १–० गोल अन्तरले हराँउदै फाइनलमा पुगेको हो ।
ताप्लेजुङका तर्फवाट खेल शुरु भएको २९ औं मिनेटमा सेगनले गरेको गोलले ताप्लेजुङलाई उपाधी नजिक पुर्याएको हो ।
कर्णसिंहले अब उपाधीका लागि २४ पुसमा विर्ता युनाइटेड झापासँग प्रतिस्पर्धा गर्नेछ ।
बिर्ता युनाइटेड आयोजक फिदिम स्पोर्टिङ क्लवलाई ६–० गोल अन्तरले हराँउदै फाइनलमा पुगेको हो ।
पुष १५ गते शुरु भएको खेलमा नेपाल, भुटान र भारतका गरी १० वटा टिमले भाग लिएका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार र दोस्रो हुने टिमलाई एक लाख ५० हजार नगद पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्रले सम्मानित गरिनेछ ।
लक्ष्मी गौतम, पाँचथर