लोकमानविरुद्धको मुद्दामा बहस शुरु
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस शुरु भएको छ ।
दुई साता स्थगित भई हिजोबाट पुन: बहस शुरु भएको मुद्दामा अहिले विपक्षीतर्फका वकिलले बहस गरिरहेका छन् ।
विपक्षीको बहस सकिएपछि आजै रिट निवेदक पक्षका वकिलहरुले प्रतिउत्तर बहस गर्ने छन् ।
बहसपछि इजलाशले आदेश जारी गर्ने वा आदेश जारी गर्नका लागि अर्को मिति तोक्ने छ ।
हिजो २१ पुसमा भएको बहसमा विपक्षीतर्फका वकिलहरु सुशील पन्त, बाबुराम कुवँर, महादेव यादव, सुरेन्द्र महतो, कुमार रेग्मीले बहस गरेका थिए ।
न्यायाधीशत्रय इश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा रहेको उक्त मुद्दामा यसअघि ७ र ८ पुसमा बहस भएर ‘हेर्दाहेर्दै’ मा परेको थियो । ७ पुसमा पक्षका वकिलहरुले बहस गरेका थिए भने ८ पुसमा विपक्षीतर्फका दुई जना वकिलहरुले बहस गरेका थिए ।