श्रीसलाई इन्ट्याग्रिटी आईडल उपाधि
इन्ट्याग्रिटी आईडल–२०१६ को उपाधि गुल्मीका डोर बिक्रम श्रीसले पाएका छन् ।
समक्ष, इमान्दार र कर्तव्यनिष्ट कर्मचारी मध्ये एक जनालाई प्रदान गरिने यो उपाधि श्रीसलाई प्रदान गरिएको हो । गुल्मीको तम्घास–९ स्थित सिद्धबाबा उमाविका प्रधानाध्यापक श्रीसले कक्षा १ देखि नै कम्प्युटरको व्यवस्था गरेका छन भने पुस्तकालय स्थापना गरेर ८ हजार भन्दा बढी पुस्तकको व्यवस्था गरेका छन् । इन्ट्याग्रिटी आईडलको उपाधि ग्रहण गर्दै प्रधानाध्यापक श्रीसले काम गर्न थप हौसला बढाएको बताए ।
६७ जिल्लाका ८३८ व्यक्तिबाट अन्तिम प्रतिस्पर्धामा पाँच जना पुगेको एकाउन्टबिलिटी ल्याब नेपाल, प्रमुख कार्यकारी अधिकृत नारायण अधिकारी जानकारी दिइन ।
अन्तिम प्रतिस्पर्धामा जुम्लाका महिला तथा बालबालिका कार्यालयका महिला विकास निरीक्षक बिन्दु कुवँर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव भिष्मकुमार भुषाल, भक्तपुरका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र धनकुटाको मौनाबुधुक स्वास्थ्य चौकीका, स्वास्थ्य सहायक तारा सुवेदीलाई उछिन्दै श्रीसले उपाधि पाएका हुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायको संयोजन रहेको निर्णायक समितिमा पूर्व सचिव जीवनप्रभा लामा, ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालका भरतबहादुर थापा र पूर्व विज्ञान तथा प्रविधी मन्त्री गणेश शाह रहेका थिए ।