भिबोर ब्याङ्कलाई अवार्ड
भिबोर सोसाइटी डेभलपमेन्ट ब्याङ्क लिमिटेड वेस्ट इन्टरप्राईज अवार्डबाट सम्मानित भएको छ । ब्याङ्कलाई लण्डनमा आयोजित सम्मित अफ लिडर्स २०१६ मा युरोप विजीनेस एसेम्ब्ली (ईबिए)ले सम्मान प्रदान गरेको हो ।
ईबिएले भिबोरका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललाई म्यानेजर अफ दि इअर समेत घोषणा गरेको ब्याङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।