हिमालयन ब्याङ्कद्वारा सहयोग हस्तान्तरण
हिमालयन ब्याङ्क लिमिटेडले भक्तपुर, भिमसेनस्थान–७ स्थित ‘सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रम’ लाई सहयोग गरेको छ । ब्याङ्कले दश हजार थान ओपिडि टिकट बुक, दुई थान ३२ इन्चको टेलिभिजन र दुई थान कम्प्युटर सेट प्रदान गरेको हो ।
हिमालयन ब्याङ्कका महाप्रबन्धक सुशील जोशीले सहयोग सामग्रीहरु सिद्धि स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष श्याम सुन्दर धौभडेललाई एक समारोहका बीच हस्तान्तरण गरेका हुन ।
२०५९ मा स्थापित अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा संचालित यस प्रतिष्ठानले अस्पालका साथै बृद्धाश्रम समेत संचालन गरिरहेको छ ।