नेपाल पहिलो पटक सेमिफाइनलबाट बाहिरियो
साविक उपविजेता नेपाल चोथौ साफ वुमेन्स च्याम्पियनसीपको सेमिफाइनलबाट बाहिरिएको छ । तीन पटक लगातार उपविजेता रहेको नेपाल पहिलो पटक फाइनल पुग्न नसकेको हो ।
सिलगुडीस्थित कंचनजंगा रंगशालामा १८ पुसमा भएको खेलमा नेपाललाई भारतले ३–१ गोल अन्तरले पराजित गरेको हो । भारतले कमला देवीको गोलले ४४ मिनेटमा अग्रता लिएको थियो । ५८ औं मिनेटमा इन्दुमतिले भारतले अग्रतालाई दोब्बर पारिन ।
सावित्रा भण्डारीले ७५ औं मिनेटमा गोल गरेर नेपाललाई खेलमा फर्काउने प्रयत्न गरेकी थिइन । भारतले ८३ औं मिनेटमा तेस्रो गोल थपेपछि भारतको जित सहज भएको हो ।