पेलेर जान खोजे संसदमै प्रतिकार हुन्छः खनाल
नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधनका विषयमा सत्तारुढ दल व्यवस्थापिका–संसद्मा पेलेर जान खोजे आफूहरुले प्रतिकार गर्ने बताएका छन् ।
संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी दलले काठमाडौँमा गर्न लागेको विरोध प्रदर्शनको सन्दर्भमा १८ पुसमा एमालेको जिल्ला प्रचार विभाग र प्रेस चौतारी नेपाल भक्तपुर शाखाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेता नेपालले यस्तो धारणा राखेका हुन । उनले राष्ट्रलाई विखण्डन गराउने गरी कुनै पनि संशोधन हुन नसक्ने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै नेता खनालले पाँच नम्बर प्रदेशका तराई र पहाडलाई अलग बनाउने प्रस्ताव अन्ततः एक मधेस एक प्रदेश बनाउने मनसायले आएकाले आफूहरुले त्यस्तो प्रस्तावलाई संसद्मा छलफल र पारित गर्न नदिने बताए ।
नेपालको संविधान लोकतान्त्रिक चरित्रको भएपनि यसमा रहेका कतिपय कमजोरी क्रमशः सुधार गर्नुपर्ने तर हाललाई गतिशील दस्तावेजका रुपमा यसको कार्यान्वयनमा जानुको विकल्प नभएको खनालले उल्लेख गरे ।रासस