सिटिजन्स ब्याङ्कको २५ प्रतिशत हकप्रद शेयर
सिटिजन्स ब्याङ्क इन्टरनेसनलले १०ः२.५ को अनुपातमा हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । नेपाल राष्ट्र ब्याङ्कको निर्देशन तथा सिटिजन्स इन्टरनेसनल लिमिटडको दशौं वार्षिक साधारण सभाको निर्णय अनुसार १४ पुसमा आवेदन दर्ता गरेको हो ।
आफना ५८ वटा शाखाहरुवाट डिम्याट खाता सेवा सञ्चालन गरिरहेको सिटिजन्सले १ माघदेखि सार्वजनिक निष्काशन भएका धितोपत्रहरु खरिद गर्न सक्ने व्यवस्थाको लागी एएसबिए (Application Supported by Blocked Amount) प्रणालीको सेवा समेत प्रदान गरिने ब्याङ्कका प्रवक्ता गणेशराज पोखरेलले जानकारी दिएका छन् ।