उपराष्ट्रपति पुन दुःखहरण पूजामा
उपराष्ट्रपति नन्दबहादुर पुन झापामा आयोजित ‘दुःखहरण पूजा’ मा सहभागी भएका छन् ।
आज, १७ पुसमा झापाको लखनपुरमा स्वर्गीक मार्ग संघले आयोजना गरेको दुःखहरण पूजाको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक मुलुक भएकाले सबैले एक अर्काको पहिचानलाई सम्मानसाथ स्वीकार गर्न जरुरी रहेको बताए ।
उनले धर्मका नाममा कतैकतै विभेद समेत हुने गरेको र यसबाट घरेलु हिंसा, महिलामाथि उत्पीडन आदी हुने गरेको भन्दै त्यस्ता विभेद र असमानतालाई हटाउन सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
गोपाल गडतौला, झापा