थप समाचार शुक्रबार, मंसिर १३, २०७६

निजगढमा बस दुर्घटना, नेपाली सेना सहित ३० घाइते

हिमालखबर

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तरर्गत बाराको निजगढ—पथलैया सडक खण्डको निजगढमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जनकपुरबाट बुटवल भैरहवा जाँदै गरेको ना.४.ख.७९९० नम्बरको बस खोलामा खसेको छ ।

बसमा यात्रारत धनुषा रणभिम गणका नेपाली सेनाका जमदार कृष्ण श्रेष्ठ, लेसनायक प्रकाश कार्की, लेसनायक सानुबावु कार्की, महादेव चौधरी, सिपाही अञ्जना राई, ९ नम्बर बाहिनी अड्डाका सिपाही भरत विक लगायत घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि बीरगञ्ज पठाइएको छ ।

-श्याम गुप्ता

 

 

प्रतिकृया दिनुहोस