माल्दिभ्स विरुद्ध शरदको बिस्फोटक ब्याटिङ
दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटका लागि माल्दिभ्स विरुद्ध भएको अभ्यास खेलमा शरद भेषवाकरले बिस्फोटक ब्याटिङ गरेका छन् ।
शरदले ४२ बलमा ८४ रन बनाए । २२ बलमै अर्धशतक बनाएका शरदले आठ छक्का र पाँच चौका प्रहार गरे ।
नेपालका प्रदीप ऐरीले ६९, दिलीप नाथले २७ र अमित श्रेष्ठले २५ रन जोडे ।
मुलपानी मैदानमा भएकाे टी–२० क्रिकेट नेपालले १०७ रनले जितेकाे छ । २०७ रनकाे लक्ष्य पछ्याएकाे माल्दिभ्सले सय रन मात्रै बनाउन सक्याे ।