दाहाल चीन भ्रमणमा जाने
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चाँडै चीन भ्रमणमा जाने बताएका छन् ।
नेपाल–चाइना मिडिया फोरमले राजधानीमा गरेको अन्तरक्रियामा अध्यक्ष दाहालले चाँडै चीन भ्रमणमा जाने बताएका छन् । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा आफू चीन भ्रमणमा जान लागेको बताए ।
चिनियाँ राष्ट्रपति सी जिनफिङसँग आठ पटक भेटवार्ता भइसकेको जानकारी दिदै दाहालले भने, “चीनसँग मेरो जनस्तरकै सम्बन्ध स्थापित भइसकेको छ ।”
अध्यक्ष दाहालले ‘टू प्लस वान’ को अवधारणा प्रति असन्तुष्टि जनाएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति बीच भएको ‘टू प्लस वान’ होइन, थ्री हुनुपर्ने उनले बताए ।
त्रिदेशीय साझेदारीबारे आफूले यसअगाडि पनि प्रस्ताव गरेको दाहालले बताए । एउटा सार्वभौम देशको पहिचान ‘टू प्लस वान’ले नदिने उनको भनाइ थियो । भारत–चीनमा थप नभएर समान हैसियतमा साझेदारी हुनुपर्ने दाहालले बताए ।