समाचार शुक्रबार, मंसिर १३, २०७६

भ्रमण छोट्याएर स्वदेश फर्किए परराष्ट्रमन्त्री ज्ञवाली

हिमालखबर

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निर्धारित भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् ।

गत शनिबार रुस र सर्वियाको भ्रमणमा निस्किएका परराष्ट्रमन्त्री ज्ञवाली पूर्व निर्धारित भ्रमण तालिका छोट्याएर स्वदेश फर्किएका हुन् । आइतबार फर्कने तालिका भए पनि दुई दिन अगाडि नै मन्त्री ज्ञवाली काठमाडौं आइपुगेका छन् ।

देशभित्र विकसित घटनाक्रम र परिस्थितिका कारण छिट्टै फर्किएको मन्त्री ज्ञवालीले बताए । रुस भ्रमणका क्रममा मन्त्री ज्ञवालीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

 

प्रतिकृया दिनुहोस