खेलकुद शुक्रबार, मंसिर १३, २०७६

भारतलाई जित्नै पर्ने दबावमा नेपाल

हिमालखबर

१३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष भलिवलमा आज नेपाल भारत विरुद्ध भिड्दैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा खेल राति सात बजे शुरु हुनेछ । भारत विरुद्धको खेल नेपाललाई जित्नैपर्ने दबाव छ ।

बांग्लादेशसँग नेपाल पराजित भइसकेकाले अघिल्लो चरणमा प्रवेश गर्न भारत विरुद्ध नेपालले जित निकाल्नु पर्नेछ । उपाधिकै दावेदार भारतले बांग्लादेशलाई समेत पराजित गरी अघिल्लो चरण प्रवेश सुनिश्चित गरिसकेको छ ।

पुरुष भलिवलतर्फ श्रीलंका र माल्दिभ्सको खेल पनि आजै हुँदैछ । अपरान्ह पाँच बजे खेल हुनेछ ।

महिला भलिवलतर्फ भने भारत र बांग्लादेश बीच दिउँसो एक बजे र श्रीलंका र माल्दिभ्स बीच तीन बजे खेल हुनेछ । नेपालले बांग्लादेशलाई पराजित गरेको छ भने भारतसँग पराजित भएको छ ।

प्रतिकृया दिनुहोस