राष्ट्रपति ट्रम्प अचानक अफगानिस्तानमा, अमेरिकी सैनिकहरुलाई सम्बोधन
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानको भ्रणम गरेका छन् ।
बिना सूचना अचानक राष्ट्रपति ट्रम्पले अफगानिस्तान भ्रमण गरेका हुन् । अफगानिस्तानमा उनले अमेरिकी सैनिकहरुलाई भेटेको बीबीसीले जनाएको छ ।
उनले अमेरिकी सेनाहरुलाई सम्बोधन समेत गरेका छन् । सम्बोधनका क्रममा उनले वालिवानहरुले वार्तामार्फत सहमति जुटाउन चाहेको बताए ।
उनको पहिलो अफगानिस्तान भ्रमण हो । भ्रमणका क्रममा अफगानिस्तानका समकक्षी असरफ गनीसँग समेत भेटवार्ता गरेका छन् ।